काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रियामाथि २–० को जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

खेलको ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरे। उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड तोडेका हुन्।इन्जुरी समयमा अर्को गोल थप्दै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याए।

ADVERTISEMENT

यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले क्लोजको कीर्तिमानसँग बराबरी गरेका थिए।

ADVERTISEMENT

खेलको सुरुमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए। तर त्यसपछि उनले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोड्दै समूह चरणबाट नकआउट चरणमा प्रवेश गरेको छ।

ADVERTISEMENT