काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आइतबार भएको खेलमा जापानले ट्युनिसियामाथि ४–० को जित निकालेको छ । जापान विजयी भएको खेल विश्वकपको १०००औँ हो ।
समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे । जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो ।





