काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा नर्वेले सेनेगललाई ३-२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको ४८औँ र ५८औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। नर्वेका लागि अर्को गोल मार्कस पेडेरेसनले ४३औँ मिनेटमा गरेका थिए।

ADVERTISEMENT

सेनेगलका इस्माइला सारले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल फर्काए। उनले ५३औँ मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अर्को गोल थपेका थिए। तर उनको प्रयास टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

जितसँगै नर्वेले समूह ‘आई’ मा लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ। नर्वे यससँगै नकआउट चरणमा प्रवेश गरेको छ। यस समूहबाट फ्रान्स पनि ६ अंकसहित अन्तिम १६ मा पुगिसकेको छ।

ADVERTISEMENT