काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ मा क्रोएसियाले पानामालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।

टोरन्टो रंगशालामा भर्खरै सम्पन्न खेलमा क्रोएसियाका स्ट्राइकर एन्टे बुडिमिरले दोस्रो हाफको ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

यो जितसँगै क्रोएसियाले विश्वकपमा पहिलो तीन अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग ४–२ गोलअन्तरले पराजित भएको थियो।

ADVERTISEMENT

यता, पानामाले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा घानासँग १–० ले पराजित भएको पानामा क्रोएसियाविरुद्ध पनि अंक जोड्न असफल रह्यो।

ADVERTISEMENT

लगातार दुई खेलमा हार बेहोरेसँगै पानामाको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ भने क्रोएसियाले नकआउट चरणको सम्भावना कायम राखेको छ।

ADVERTISEMENT