काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५ बिन्दुमा पुगेको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । विकास बैंक, वित्त, हाईड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । घटेका उपसमूहहरुमा बैंकिङ, होटल, जीवन बीमा, लघुवित्त, म्युचुअलफण्ड, निर्जीवन बीमा, अन्य र व्यपार उपसमूह छन्।
बुधबार ३५२ कम्पनीको ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । रिलाइन्स स्पिीनिङको १८ करोड, बुंगल हाइड्रोको १७ करोड, सेन्ट्रल फाइनान्सको १६ करोड र आँखु खोलाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माक्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।






