काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बयान तथा थुनछेकसम्बन्धी बहस सकिएपछि मंगलबार (असार २) उक्त आदेश दिएको हो।

ADVERTISEMENT

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनासम्बन्धी भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध मुद्दा दायर गरेको थियो। सोही प्रकरणमा तत्कालीन आयोजनाका निर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी रहेका छन्।

अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबी गरेको छ।

ADVERTISEMENT

अदालतले प्रमाण परीक्षणका क्रममा ठहरे बमोजिम हुने भन्दै हालका लागि उनलाई थुनुवा पुर्जी जारी गरी थुनामा राख्न आदेश दिएको हो।