काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले आचार्य, आर.के. कन्स्ट्रक्सन र उक्त कम्पनीका सञ्चालक सुवास कार्की लाई मुख्य प्रतिवादी बनाएको हो ।
आयोगका अनुसार उनीहरूविरुद्ध २२ लाख ४४ हजार ५ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ । सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउँदै अनियमितता गरेको ठहरसहित उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।







