काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ।पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयका नाममा दिइएको जग्गासम्बन्धी अनियमितता प्रकरणमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा अघि बढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरेपछि २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा सरकारी सम्पत्तिको दुरुपयोग भएको आरोप लगाइएको छ।

ADVERTISEMENT