काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८८ अंक घटेर २५८१.२१ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार चार अर्ब ५२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । सोमबार ३३२ स्टकको ६५ हजार ३१२ पटकको कारोबारमा तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँबराबरको ९१ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
लुम्बिनी विकास बैंकको सर्वाधिक १० करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठ करोड र मञ्जुश्री फाइनान्सको सात करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।





