काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन्द्र शाह (बालेन) को काठमाडौँस्थित निवासको गेटमा तोडफोड भएको छ। घटनामा अज्ञात समूह संलग्न रहेको आशंका गरिएको छ।

प्रहरी परिसर, काठमाडौँका डीएसपी कौशल बुढाथोकीका अनुसार शुक्रबार राति बालेन शाहको घरको गेटमा रहेको ग्रिल फुटाइएको हो। प्रारम्भिक रूपमा चोरी गर्ने प्रयास भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

ADVERTISEMENT

“चोरले गेट फुटाएको हुनसक्ने देखिन्छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,” डीएसपी बुढाथोकीले बताए।

ADVERTISEMENT

घटनाको समयमा बालेन शाह घरमा नभएको र उनी हाल झापा–५ बाट चुनावी प्रतिस्पर्धामा रहेका क्रममा प्रचारप्रसारका लागि कर्णाली पुगेको प्रहरीले जनाएको छ। घरमा को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा पनि प्रहरीले बुझ्ने काम गरिरहेको छ।

प्रहरीका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन तथा स्थानीयसँग सोधपुछ गरी घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ।

ADVERTISEMENT

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।