काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । चाँदीको भने सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको हो ।

ADVERTISEMENT

आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला साढे २० हजारले बढेर तीन लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।