काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार नौ सय १६ रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।








