काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटठेको छ । चाँदीको भाउ सामान्य बढेको छ । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा सात सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।

ADVERTISEMENT

आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।