काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ। केही दिनदेखि सुनको मूल्य बढे पनि आज भने घटबढ भएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला पाँच हजार ७ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार सुन प्रतिदश ग्राम दुई लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।








