काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सबैलाई सरप्राइज दिएका छन् ।

एकाएक संसदमा उपस्थित भएका प्रधानमन्त्री बालेनले सभामुख डोलप्रसाद अर्याललाई आफू सांसदहरूले सोधेको प्रश्नको उत्तर दिन उपस्थित भएको बताए । त्यसपछि सभामुख अर्यालले सांसदहरूलाई प्रश्न सोध्न आग्रह गरे ।

प्रतिनिधि सभामा कांग्रेस सांसद् अर्जुननरसिंह केसीले सोधेका प्रश्नको जवाफ दिँदै शाहले सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर काम कारबाही गर्ने जवाफ दिए।
यस्तै, उनले लिपुलेकको समस्या समाधान गर्न इंग्ल्यान्डसँग पनि कुरा भएको जानकारी दिएका छन् । नेकपा सांसद प्रमेश हमालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि कुरा भइरहेको बताएका हुन् ।

ADVERTISEMENT

उनले ब्रिटिसकालमा सीमा के कस्तो थियो भनेर इंग्ल्यान्डसँग पनि कुरा गरिएको बताए । उनले लिपुलेकबारे भारतसँग स्पष्ट अडान सरकारले राखिसकेको र भारतबाट जवाफ पनि आएको बताउँदै भने। ‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ । इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ,’ उनले भने ।

ADVERTISEMENT

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले रास्वपा सांसद पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो ।