काठमाडौं । नेपाल राष्ट्र बैकले आज बुधबार बैंंकिङ प्रणालीबाट एक खर्ब रुपैंयाँ खिच्ने भएको छ ।

कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार बुधबार अपरान्ह ३ बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि ९१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती आगामी भदौ १० गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको राष्ट्र बैंकको भनाइ छ ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ADVERTISEMENT