काठमाडौं। बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा मात्र कुल ४६ अर्ब आठ करोड रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ८९ प्रतिशत ले बढी हो। गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ३८ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्म बैंकिङ क्षेत्रमा रहेको कुल गैर–बैंकिङ सम्पत्तिमध्ये नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा क्रमशः २३ करोड ३६ लाख ५० हजार र ३१ करोड चार लाख ४० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी दुई बैंकमा क्रमशः २० करोड ४१ लाख १० हजार र ३१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो। नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबीआई बैंकमा पनि चालु आवको पछिल्लो ११ महिनामा क्रमशः तीन अर्ब ३८ करोड ७८ लाख ९० हजार, चार अर्ब ७० करोड ३२ लाख २० हजार, छ अर्ब २३ करोड ८५ लाख ९० हजार र एक अर्ब ३५ करोड ८५ लाख १० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः तीन अर्ब ८० करोड २६ लाख ६० हजार, तीन अर्ब १९ करोड ५३ लाख ६० हजार, पाँच अर्ब ३१ करोड ८९ लाख ६० हजार र ९० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो।

ADVERTISEMENT

चालु आवको जेठ मसान्तसम्म एभरेष्ट, एनआईसी एशिया, माछापुच्छ्रे र कुमारी बैंकमा पनि क्रमशः ५१ करोड ५८ लाख ६० हजार, चार अर्ब १७ करोड ७१ लाख ४० हजार, ६५ करोड पाँच लाख ६० हजार र दुई अर्ब ४५ करोड १८ लाख १० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ६२ करोड ४७ लाख १० हजार, चार अर्ब ६६ करोड ८५ लाख ४० हजार, ९६ करोड ७९ लाख ४० हजार र दुई अर्ब ५३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो। लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा पनि चालु आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः दुई अर्ब ४४ करोड ३२ लाख, ८६ करोड ६९ लाख ७० हजार र एक अर्ब ३८ करोड ६८ लाख १० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः एक अर्ब ९१ करोड २६ लाख १० हजार, ७२ करोड ४७ लाख ४० हजार र एक अर्ब एक करोड ९६ लाख ९० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्म ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकमा पनि क्रमशः पाँच अर्ब ८९ करोड ११ लाख ७० हजार, एक अर्ब ५७ करोड ६२ लाख ५० हजार र चार अर्ब ६८ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच अर्ब ९३ करोड ६७ लाख ३० हजार, एक अर्ब एक करोड ६८ लाख ६० हजार र दुई अर्ब २६ करोड १८ लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो। एनएमबी र प्रभु बैंकमा पनि चालु आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः दुई अर्ब एक करोड ७७ लाख ५० हजार र एक अर्ब ९६ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः एक अर्ब ३१ करोड दुई लाख २० हजार र एक अर्ब २६ करोड ९१ लाख ६० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो। सानिमा बैंकमा पनि चालु आवको पछिल्लो ११ महिनामा एक अर्ब २२ करोड २१ लाख ९० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति शून्य रहेको छ। गत आवको सोही अवधिमा सानिमा बैंकमा ७९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पनि यस्तो सम्पत्ति शून्य रहेको थियो।

ADVERTISEMENT

वाणिज्य बैंकहरूमा रहेको गैर–बैंकिङ सम्पत्ति (रकम : रु. १० लाखमा)