काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला तथा माछाजन्य वस्तुको थोक मूल्य निर्धारण गर्दै बजार मूल्य सूची जारी गरेको हो ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) र गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै गोलभेँडा सानो (लोकल) र तराई गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ तथा टनेल गोलभेँडा ७० रुपैयाँ कायम गरिएको छ ।
आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (गोलो) र भारतीय आलु २६ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३८ रुपैयाँ निर्धारण गरिएको छ ।
तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा र काउली ४० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, भन्टा ५० रुपैयाँ, लौका ५५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ तथा घिरौँला ४० रुपैयाँ तोकिएको छ ।
हरियो सागसब्जीमध्ये पालुङ्गो र चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ, रायोसाग ८० रुपैयाँ, तोरीसाग ४० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँ कायम गरिएको छ ।
च्याउको मूल्य पनि उच्च देखिएको छ । कन्य च्याउ प्रतिकिलो २२० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३२५ रुपैयाँ, कागती २६० रुपैयाँ, मालभोग केरा दर्जनको २२० रुपैयाँ तथा नेपाली केरा २०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै आँप (दसहरी) प्रतिकिलो २८० रुपैयाँ, हरियो अङ्गुर ३८० रुपैयाँ, तरबुजा ३५ रुपैयाँ तथा एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ ।
मसलातर्फ अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र हरियो धनियाँ १२० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी माछातर्फ रहु माछा प्रतिकिलो ३३० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ तथा छडी माछा २६० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।








