काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला तथा माछाको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७५ र ठूलो भारतीय गोलभेँडा रु ८० कायम गरिएको छ । सानो लोकल गोलभेँडा रु ५२, तराई गोलभेँडा रु ४० तथा टनेल गोलभेँडा रु ७२ तोकिएको छ । आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) रु २५ र भारतीय सुकेको प्याज रु ३६ कायम भएको छ ।

ADVERTISEMENT

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा रु ४०, काउली रु ५०, लाम्चो भन्टा रु ४५ तथा डल्लो भन्टा रु ४५ निर्धारण गरिएको छ । मटर कोशा प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) रु १००, भटमास कोसा रु १३० तथा तीते करेला रु ७० कायम गरिएको छ ।

हरियो सागसब्जीतर्फ पालुङ्गो प्रतिकिलो रु १२०, रायोसाग रु ८०, मेथीको साग रु १२० र हरियो प्याज रु १२० पुगेको छ । च्याउतर्फ कन्य च्याउ प्रतिकिलो रु २००, डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३०० तथा सिताके च्याउ रु १ हजार निर्धारण गरिएको छ ।

ADVERTISEMENT

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती रु २६०, मालभोग केरा प्रतिदर्जन रु २२०, अनार प्रतिकिलो रु ४५० तथा आँप (दसहरी) रु २८० कायम गरिएको छ । हरियो अङ्गुर प्रतिकिलो रु ३२०, तरबुजा रु ३५, लिचि (भारतीय) रु २८० तथा एभोकाडो रु ८०० निर्धारण गरिएको छ ।

मसलातर्फ अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी रु ४३०, हरियो धनियाँ रु १२०, हरियो लसुन रु २०० तथा चाइनिज सुकेको लसुन रु १९० कायम गरिएको छ ।

माछातर्फ रहु माछा प्रतिकिलो रु ३३०, बचुवा माछा रु ३१० र छडी माछा रु २६० निर्धारण गरिएको समितिले जनाएको छ ।