काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा  विरुद्ध जारी गरिएको पक्राउ अनुमतिसम्बन्धी विषयमा आगामी सोमबार प्राथमिकताका साथ छलफल गर्ने भएको छ ।देउवा लगायतले आफूहरूमाथि पक्राउ पुर्जी जारी गरिएको प्रक्रियाको विरोध गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले सोमबारका लागि प्राथमिकतामा राखी पेशी तोक्न आदेश दिएको हो ।

सर्वोच्च अदालतमा हुने छलफलमा पक्राउ अनुमति प्रक्रिया कानुनी रूपमा सही थियो वा थिएन भन्ने विषयमा बहस हुनेछ । साथै, अनुसन्धान प्रक्रियामा देउवा परिवारले सहयोग गर्ने प्रतिबद्धता जनाएको, पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था तथा पक्राउ अनुमति जारी गर्ने अदालतको क्षेत्राधिकारसम्बन्धी प्रश्नहरू समेत दुवै पक्षबीचको बहसबाट टुंगो लगाइने आदेशमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT