काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्ष २०८३–०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ।

ADVERTISEMENT

आजको प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ADVERTISEMENT

सरकारले बजेट ल्याउनुअघि संघीय संसदका दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिने प्रचलन छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अघिल्लो संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त पेस गरेका थिए । करिब एक सातासम्म संसदमा प्रि-बजेट छलफल गरिने भएको छ ।

ADVERTISEMENT