काठमाडौं । एमालेका चर्चित नेता गोकुल बास्कोटाले प्रदेश खारेज गर्न प्रस्ताव गरेका छन् । उनले प्रदेश संरचना र जिल्ला समन्वय समिति खारेज गर्न सुझाव दिएका हुन् ।

सरकारले संविधान संशोधनको गृहकार्य गरिरहँदा नेता बास्कोटाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र पालिका राखेर बाँकी संरचना हटाउन उपयुक्त हुने उल्लेख गरेका छन् ।

ADVERTISEMENT

‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस्,’ उनले लेखेका छन् ।
बास्कोटाले राष्ट्रिय सभा १०५ सिटको बनाइ महिला तथा पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ४०–६० प्रतिशत अनिवार्य बनाउनुपर्ने उनको भनाइ छ ।

ADVERTISEMENT

‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन,’ उनले लेखेका छन् ।