काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्ले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त भनाइले राष्ट्रघात हुने टिप्पणी गरेका छन् ।

ADVERTISEMENT

बाँस्कोटाले प्रधानमन्त्री विगतमा ग्रेटर नेपालको नक्सा टाँगेको प्रसंग उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठाउने आशा व्यक्त गरेका छन् । उनले नयाँ जोगीले धेरै खरानी उडाएको भन्दै टिप्पणीसमेत गरेका छन् ।

ADVERTISEMENT

 यसअघि राप्रपाका पूर्वअध्यक्ष कमल थापाले समेत नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै विदेशी मञ्चमा पुगेर वाग्लेले ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क भएको बताएका थिए ।