काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्ति विवरणप्रति व्यंग्य गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले सम्पत्ति विवरणले देशको अवस्थाबारे प्रश्न उठाएको संकेत गरेका छन्। “संवृद्धि आएछ, सुशासन त्यहीबाट सुरु होला,” भन्दै उनले व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन्।
बास्कोटाले आफू झन् खुसी भएको उल्लेख गर्दै ‘जहाँ कङ्गाल त्यही चण्डाल’ भन्ने उखान अब हटेको जस्तो देखिएको बताएका छन्।
उनले थप रूपमा मन्त्रीहरूको सम्पत्तिलाई डाँडाभरि फुलेको लालीगुराँस र खेतबारीमा पहेँलपुर फुलेको तोरीसँग तुलना गर्दै प्रतीकात्मक टिप्पणी गरेका छन्। यो अभिव्यक्तिबाट प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणप्रति असन्तुष्टि र सुशासनमाथिको व्यंग्यका रूपमा प्रस्तुत गरेका छन्।







