काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग प्रि–बजेटबारे छलफल गर्दैछन् । बुधबार दिउँसो ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल राखिएको छ ।

रास्वपाका अनुसार छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ । साथै, सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ ।

ADVERTISEMENT

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याउँदैछ । त्यसअघि मन्त्री र सांसदबीच छलफल कार्यक्रम राखिएको हो । यो छलफलले जनताका आवश्यकताअनुसारका योजना नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहयोग पुग्ने रास्वपाको विश्वास छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संसद् आह्वान गरेका छन् । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने कार्यसूची छ । त्यही भएर बर्खे अधिवेशनअन्तर्गतको संसद् बैठकमा प्रिबजेटबारे छलफल गर्न समय अभाव भएकाले रास्वपाले अर्थमन्त्री वाग्ले र भौतिक पूर्वाधारमन्त्री लम्सालसँग सांसदहरूको छलफल राखेको हो ।

ADVERTISEMENT