काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘लाइफ इज प्रेसिअस लेट्स अपलिट इट टुगेदर’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।
स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान साढे ९ देखि साँझ साढे ६ बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।
रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने नेपाल लाइफले जनाएको छ । साथै देशभरका सातै प्रदेशमा सोमबार रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।









