काठमाडौं । सर्वोच्च अदालतले थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई २४ घन्टाभित्र उपस्थित गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आदेश दिएको छ ।

शेखरका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । मंगलबार सर्वोच्चमा सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो ।

ADVERTISEMENT

गोल्छालाई सीआईबीको टोलीले बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनलाई विवादास्पद व्यवसायी दीपक भट्टसँग हिमालयन रिइन्स्योरेन्सको सेयर प्रकरणबारे अनुसन्धान गर्न हिरासतमा राखिएको छ ।

ADVERTISEMENT