काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा प्रविधिमैत्री, ग्राहककेन्द्रित सेवा र दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले हाल करिब ३३ अर्ब रुपैयाँ लगानीसहित आफ्नो वित्तीय यात्रालाई मजबुत बनाउँदै लगेको जनाएको छ । डिजिटल सेवा, प्रविधिमा आधारित प्रक्रिया तथा छिटो र सहज सेवामार्फत ग्राहकको अनुभव सुधार गर्ने प्रयास जारी रहेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

वार्षिकोत्सवको अवसरमा कम्पनीले यस वर्षको मूल भाव ‘Challenging but Achievable, Aggressive but Sustainable’ अर्थात् चुनौतीपूर्ण तर हासिल गर्न सकिने, आक्रामक तर दिगो भन्ने रणनीतिलाई आत्मसात् गर्दै अघि बढिरहेको उल्लेख गरेको छ ।

ADVERTISEMENT

प्राकृतिक विपद्का कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कम्पनीले उनीहरू सामान्य जीवनमा फर्किन सकून् र नयाँ आशाका साथ अघि बढ्न सकून् भन्ने विश्वाससमेत व्यक्त गरेको छ ।

ADVERTISEMENT

कम्पनीले ग्राहकको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मानेको उल्लेख गर्दै जीवन बीमामार्फत परिवारको सुरक्षा, आर्थिक स्थायित्व र समृद्धिको यात्रामा प्रभावकारी साझेदार बन्ने प्रतिबद्धता जनाएको छ ।

नवौँ वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहक, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, ब्रान्ड एम्बेसडर, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

साथै विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।