काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टरनी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण टिमले एक कार्यक्रमबीच आयंका फिल्म्सको पहिलो फिचर चलचित्रको औपचारिक घोषणा समेत गरेको हो ।

भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा बनेको यो चलचित्र क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा आधारित छ । काठमाडौं र पोखराका विभिन्न स्थानमा १७ दिनमा ‘मास्टरनी’ को छायाँकन सम्पन्न गरिएको जनाइएको छ ।

ADVERTISEMENT

प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेको चलचित्रकी कार्यकारी निर्माता भने सुरक्षा सिंह मलहोत्रा हुन् ।

अभिनयतर्फ प्रियंका कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी र दिनेश काफ्ले लगायत कलाकारहरु रहेका छन् । साथै, अन्य केही कलाकारको सरप्राइज उपस्थिति पनि रहने निर्माण टिमले जनाएको छ ।

ADVERTISEMENT

अभिनेत्री प्रियंका कार्कीकै कथामा आधारित यस चलचित्रको कथा सान बस्नेतले तयार पारेका हुन् भने पटकथा र संवाद प्रियंका र शान बस्नेतले लेखेका हुन् । चलचित्र आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।