काठमाडौं — आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले आमाछोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई केन्द्रमा राखेको छ।

क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको फिल्मको ट्रेलरमा प्रियंका कार्की, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थपालगायत कलाकारलाई प्रस्तुत गरिएको छ।

ट्रेलरमा प्रियंका कार्कीको संवाद, “आजबाट केही तलमाथि भयो भने म मास्टर्नी हुँ, महाकाली बन्न केही समय लाग्दैन,” विशेष आकर्षणका रूपमा देखिएको छ।

ADVERTISEMENT

आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन सुवेन्दु घोषले गरेका हुन्। फिल्मका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन् भने सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।

ADVERTISEMENT

फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन्। पटकथा शान बस्नेतले तयार पारेका छन् भने संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।

चलचित्रमा रोहित शाक्यको संगीत, त्रिशाला गुरुङको स्वर, राजेन्द्र मोक्तानको कलर तथा मुकेश शाहको ध्वनि मिश्रण रहेको छ। पोस्ट–प्रोडक्सनको काम नेपाल र भारत दुवै देशमा भइरहेको निर्माण टिमले जनाएको छ।