काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ । राष्ट्र बैंकले बिहीबार प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरेको हो ।

राष्ट्रका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार निर्देशकद्वय मुक्तिनाथ सापकोटा र हिमप्रसाद न्यौपानेलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।

ADVERTISEMENT

सापकोटा २०५३ र न्यौपाने २०५९ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए । बढुवा हुनुअघि सापकोटा आन्तरिक लेखा परीक्षण विभाग र न्यौपाने बैंकिङ विभागमा निर्देशक थिए । बढुवा भएसँगै उनीहरूलाई नयाँ जिम्मेवारी तोकिने राष्ट्र बैंकले जनाएको छ ।

ADVERTISEMENT