काठमाडौं। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ परेका अग्रवाललाई बहस सकिएपछि थप अनुसन्धानका लागि म्याद थप गरिएको हो।

जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपककुमार श्रेष्ठका अनुसार अनुसन्धानका लागि आवश्यक समय दिन म्याद थप गरिएको हो। हाल अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ।

ADVERTISEMENT

अग्रवाल यसअघि पनि २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए। उक्त घटनामा पछि उनलाई तारेखमा रिहा गरिएको थियो।

यसैबीच, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि गत शुक्रबार पक्राउ गरिएको थियो। उनको बयान लिएपछि भने रिहा गरिएको जनाइएको छ।

ADVERTISEMENT

शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक मानिन्छ। यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो। यस समूहले स्टिल उद्योगसँगै सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा पनि लगानी गर्दै आएको छ।