काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश पक्राउ परेसँगै गृहमन्त्री सुधन गुरुङले अब देशले नयाँ दिशा लिने बताएका छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जना मारेको अभियोगमा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान गर्न अहिले ओली र लेखक दुवैलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखेको छ । शनिबार सार्वजनिक बिदा भए पनि प्रहरीले पक्राउ पुर्जी नलिई ओली र लेखकलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही छैन भन्दै ओली र लेखकमाथि कारबाही हुने बताएका छन् । उनले बाचा भनेको बाचा नै हो भन्दै ओली र लेखक पक्राउ पर्नु प्रतिशोध नभएको दाबी गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत गुरुङले भनेका छन्, ‘प्रोमिस इज प्रोमिस’ कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

ADVERTISEMENT

तर ओलीले भने प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको भन्दै कानुनी लडाईं लड्ने प्रतिक्रिया दिएका छन् । इतिहासमा पहिलोपल्ट कुनै पनि अभियोगमा पुर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ परेको यो नै पहिलोपटक हो । बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २४ घन्टा नबित्दै पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ गरिएपछि नेपालको राजनीतिमा तरंग उत्पन्न भएको छ ।