काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनबाटै फैसला दिने बताएका छन्। मंगलबार राष्ट्रिय सभा गृहमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीमा उनले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाले आमनिर्वाचन पर्खिरहेको बताए ।

ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन पार्टी र नेता लोकप्रिय छ भन्ने चर्चा भइरहने उल्लेख गरे। ‘फागुन २१ मा होला, बैशाखमा होला वा अर्को मंसिरमा होला। हामी चुनाव पर्खिरहेका छौं। चुनावबाटै हामी राष्ट्रिय फैसला दिने छौं,’ उनले भने ।

ADVERTISEMENT

ओलीले एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर निर्वाचनमा होमिन लागेको जानकारी गराए। लोकतन्त्रलाई कसैले पराजय गर्न नसक्ने उनको भनाइ छ। खेलमा खेलाडीहरूमध्ये उत्कृष्ठ खेलाडीले जित्ने उनले तर्क गरे।

ADVERTISEMENT

ओलीले सबैतिर एमाले देखेपछि मिलौं भनेर विपक्षी लागिपरेको दाबी गरे । रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर एमालेलाई केही नहुने उनले बताए । कुलमान र बालेन रास्वपा प्रवेश गरेपछि अहिले सबैतिर उनीहरूको मात्र चर्चा भइरहेको छ ।