काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिने वार्ता सकारात्मक र उत्पादक रहेको भन्दै इरानसँगको वर्तमान तनाव समाधान गर्न सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरिएको घोषणा गरेका छन्।

ट्रम्पले ट्रुथ सोसियलमा प्रकाशित स्ट्याटसमा भनेका छन् कि अमेरिका र इरानबीच “गहिरो, विस्तृत, र रचनात्मक वार्ता” भइरहेको छ र ती वार्ता साप्ताहिक रूपमा जारी रहनेछ। उनले अमेरिकी युद्ध बिभाग  लाई इरानी पावर प्लान्ट तथा ऊर्जा पूर्वाधारमा कुनै पनि सैन्य हमला पाँच दिनको लागि रोक्न निर्देशन दिएको बताए।

ADVERTISEMENT

राष्ट्रपति ट्रम्पका अनुसार, यो स्थगन हाल भइरहेको वार्ता र छलफलको सफलतामा आधारित हुनेछ। उनले आफ्ना समर्थकहरूलाई यस विषयमा ध्यान दिनको लागि धन्यवाद दिएका छन्।

विश्लेषकहरूले ट्रम्पको यस घोषणालाई मध्यपूर्वस्थितिमा तनाव घटाउने सकारात्मक संकेत र दुई देशबीच संवाद बढाउने प्रयासको रूपमा व्याख्या गरेका छन्।

ADVERTISEMENT

तर उनको घोषणामा युद्धको अर्को मुख्य पात्र इस्राइलको बारेमा कुनै कुरा स्पष्ट उल्लेख गरेका छैनन्। त्यसैले यो युद्धविराम कति दिगो हुने हो भन्ने आशंका कायम छ।