एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले बुधबार इरान सम्झौता गर्न निकै आतुर रहेको दोहोर्‍याएका हुन्। हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ कि छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताएका छन्।

ADVERTISEMENT

ट्रम्पका अनुसार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको छ। युद्ध कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा उनले युद्ध अन्तिम चरणतिर पुगेको बताएका छन्।

ADVERTISEMENT

इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्तामार्फत भन्ने प्रश्नमा ट्रम्पले इरानी पक्षबाट आफूले सोझै जानकारी प्राप्त गरेको दाबी गरेका छन्।

यद्यपि, ट्रम्पका यी दाबीबारे इरानी पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

ADVERTISEMENT