काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डु पुगेका छन् । मंगलबार दिउँसो पौडेल ओली निवास पुगेका हुन् ।

पौडेलले ओलीलाई समवेदना दिँदै केहीबेर कुराकानी गरेका थिए । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।

ADVERTISEMENT

केही दिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।

ADVERTISEMENT