काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालय अहिले बैठक जारी छ ।
बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन् । लामिछाने बिरामी परेका कारण घरबाटै भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् ।
बालेन रास्वपाको सचिवालय सदस्य छैनन् । उनी वरिष्ठ नेता मनोनीत भएपछि १० मिनेट मात्र घन्टीघरमा बसेका थिए । बालेनले अहिलेसम्म वरिष्ठ नेताको शपथ लिएका पनि छैनन् । बैठकले समानुपातिक सांसदको नाम चयन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका ५७ जनालाई सांसद सिफारिस गर्दैछ । प्रत्यक्षमा १२५ स्थान जितेर सबैभन्दा ठूलो दल भएको रास्वपाले ५७ समानुपातिक सांसद ककसलाई सिफारिस गर्दैछ भन्नेमा अहिले सबैको आँखा परेको छ ।
रास्वपाले समानुपातिक सांसदको नाम चयन गर्दैगर्दा बालेनले भने प्रधानमन्त्री पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्। बालेनको फेसबुकमा ‘[email protected]’ नामको जिमेल अकान्ट अपडेट भएको देख्न सकिन्छ। उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ। उनी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा उम्मेदवार बनेका थिए।






