जुम्ला। जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा राति १ बजे मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ।

अस्मिता नेपालीलाई घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेपछि स्वास्थ्य जटिल बनेको थियो। त्यसपछि उनलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारका लागि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

स्थानीय र स्वास्थ्य अधिकारीहरूले यस्तो घटनाले ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी व्यवस्थाको आवश्यकता देखाएको बताएका छन्। यो घटनापछि स्वास्थ्य संरचना सुधारका लागि तत्काल कदम चाल्नुपर्ने बताइएको छ।

ADVERTISEMENT