काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शपथ लिएका हुन् ।
शपथ लिने सांसदमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा, मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल छन् ।
यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले शपथ लिएका छन् ।








