काठमाडौं । बागलुङका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार सुशील खड्का विजयी भएका हुन्। सुरुआती चरणदेखि नै मतान्तर बढाउँदै लगेका खड्काले नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसलाई ८ हजार ९८३ मतले पराजित गरेका छन्।

क्षेत्र नम्बर–१ मा खसेको ४८ हजार ९३२ मतमध्ये खड्काले २० हजार ९२७ मत प्राप्त गरे भने कांग्रेसका श्रीसले ११ हजार ९४४ मत ल्याए। नेकपा एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिएका छन्।

ADVERTISEMENT

यसैगरी बागलुङ क्षेत्र नम्बर–२ मा पनि रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शर्माले १२ हजार ६४७ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु चालिसेले ७ हजार ८६४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT