बैतडी। दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द सुन्दरखाली मैदानमा सञ्चालन भएको तालिम सकेर घरतर्फ फर्किंदै थिए । तर खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेपछि उनी आज बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र थप विवरण पछि सार्वजनिक गरिने बताइएको छ ।




