काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले बिहीबार सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।

ADVERTISEMENT

भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिनेछ । बिदाको दिन पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ । विगतमा सरकारले तीन महिनाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएको थियो । यसपटक नाम बदलेर ‘निर्वाचन प्रहरी’ राखेको छ ।

ADVERTISEMENT

निर्वाचन प्रहरीका लागि मात्रै साढे सात अर्ब बजेट आवश्यक पर्ने गृह मन्त्रालयले जनाएको छ । यसपटक दुई महिनाका लागि मात्र प्रहरीमा कायम रहनेछन् ।

निर्वाचन प्रहरीले कति पाउनेछन् सुविधा ?

ADVERTISEMENT

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय छयालीसका दरले तयारी खर्च उपलब्ध गराइनेछ । प्रतिदिन प्रतिनिर्वाचन प्रहरी रु तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ ।

नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् । कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयम्ले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।