काठमाडौं । कुलमान घिसिङसँग एकता भंग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अद्यावधिक गर्ने भएको छ । रास्वपाले आइतबार निर्वाचन आयोग पुगेर अद्यावधिक विवरण बुझाउन लागेको हो ।

शनिबार उज्यालो नेपाल र रास्वपाबीच भएको एकताको सहमति भंग भएको थियो। आज बिहान आयोगमा गएर आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाएको प्रवक्ता मनिष झाले बताए।

रास्वपा र उज्यालो नेपालबीच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिवार साँझ दुई दलबीचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अद्यावधिक गरी अर्को सूची बुझाउन लागेको हो । तर उम्मेदवारले नाम फिर्ताकाे निवेदन नदिएसम्म सूची सच्याउन नसकिने भएकाे छ ।

ADVERTISEMENT

यसअघि रास्वपाले समानुपातिक उम्मेदवारको सूची बुझाएपछि चर्को आलोचना भएको थियो। आलोचनापछि बन्दसूचीमा परेका डा. रामजी राम, डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली, मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए।

ADVERTISEMENT