काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३।३५ अंकले घटेर २६३५.९४ विन्दुमा झरेको हो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज एक करोड कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब १७ करोडको कारोबार भएको छ। यस दिन ३२३ स्टकमा ७२ हजार ४७४ पटक शेयर किनबेच भएको थियो।

एसवाई प्यानल नेपालको २६ करोड ९४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रमञ्जुश्री फाइनान्सको कारोबार २० करोडको कारोबार भएको छ ।

ADVERTISEMENT

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढ्दा, एसवाई प्यानल नेपालको सेयर मूल्य ८.४५ प्रतिशतले घटेर सबैभन्दा बढी ओरालो लागेको छ। जीवन विकास लघुवित्त र विन नेपाल लघुवित्तको सेयर मूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये बुधबार ११ उपसमूह ओरालो लाग्दा, वित्त र व्यापार उपसमूहले सामान्य वृद्धि देखाएको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १।४२ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह १ प्रतिशतभन्दा बढी ओरालो लागेको छ।

ADVERTISEMENT