काठमाडौं । सवारीसाधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले काठमाडौं उपत्यकामा सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ।
बुधबार काठमाडौं उपत्यकाको बानेश्वरदेखि माइतीघर खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो। डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन्। यो करिब ३३–३४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डमा फेल भएका हुन्
फेल भएका सवारीसाधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ। साथै, नियम उल्लंघन गर्ने सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना पनि काटेको छ।
वातावरण विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका वायु प्रदूषण नियन्त्रणका प्रयासअन्तर्गत सवारीसाधनबाट निस्कने प्रदूषक तत्वको न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाल सरकारको वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा एक घण्टाको अवधिमा स्थलगत चेकजाँच गरिएको हो ।








