काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। आज बिहान मापन गरिएको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेपछि राजधानीको हावा निकै अस्वस्थ अवस्थामा पुगेको देखिएको छ।

स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयर (IQAir) का अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको एक्यूआई २०६ पुगेको छ। सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ भने २०० नाघेपछि निकै अस्वस्थ तहमा पुगेको मानिन्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा भने खतरनाक स्तरमा पुगेको संकेत गर्दछ।
अहिलेको मापनअनुसार काठमाडौं संसारका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा रहेको छ। सूचीमा भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन्। ती दुवै शहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ स्तरमा पुगेको जनाइएको छ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन्।

ADVERTISEMENT

उनका अनुसार वायु प्रदूषणका कारण मुटु र रक्तनलीसम्बन्धी रोग, फोक्सोको समस्या, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या बढ्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा घरभित्रै सुरक्षित रहन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।काठमाडौंमा वायु प्रदूषण अत्यधिक बढ्यो, एक्यूआई २०६ पुग्दा स्वास्थ्यमा गम्भीर जोखिम
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। आज बिहान मापन गरिएको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेपछि राजधानीको हावा निकै अस्वस्थ अवस्थामा पुगेको देखिएको छ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयर (IQAir) का अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको एक्यूआई २०६ पुगेको छ। सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ भने २०० नाघेपछि निकै अस्वस्थ तहमा पुगेको मानिन्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा भने खतरनाक स्तरमा पुगेको संकेत गर्दछ।
अहिलेको मापनअनुसार काठमाडौं संसारका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा रहेको छ। सूचीमा भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन्। ती दुवै शहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ स्तरमा पुगेको जनाइएको छ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन्।
उनका अनुसार वायु प्रदूषणका कारण मुटु र रक्तनलीसम्बन्धी रोग, फोक्सोको समस्या, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या बढ्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा घरभित्रै सुरक्षित रहन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।