गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पार स्थित लेरु गाउँमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्।

स्थानीय ५४ वर्षीय तेन्जिङ वाङगेल लामा घाइते भएका छन्। आगलागीमा उनका अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए।

ADVERTISEMENT

गुरुङका अनुसार, घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ र आजै बोकेर सिर्दिबास लैजान तयारी भइरहेको छ। छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल यात्रा गर्नुपर्ने बताइएको छ।

ADVERTISEMENT

आगलागीले तेन्जिङको धन्सारभित्रको लत्ताकपडा, अन्नपात, काठदाउरा र जस्ता पात पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक जानकारी अनुसार आगलागी चुल्होको आगो सल्केर भएको हो।