काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौँमा सम्पन्न साधारणसभाले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार पाँच सय पाँच रुपैयाँ पुग्ने भएको छ । साधारणसभाले आ.व.०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्तावसमेत पारित गरेको छ ।

ADVERTISEMENT

साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।