काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
साथै, उक्त लाभांश नियामक निकायबाट स्वीकृति लिई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।







